एनआरएनए वक्तृत्वकाल प्रतियोगितामा २७ देशका ५८ जना सहभागी

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणी पोखरेलका अनुसार १९ वर्ष मुनिका २७ देशबाट ५८ जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन्। ‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगिको लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अष्ट्रिेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङ्गकंङ्ग, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन्।

विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई एनआरएनएको अभियानमार्फत् नेपालको समृद्धसँग जोड्न कार्यक्रम फलदायी हुने उपसंयोजक पोखरेलको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *