गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षहरुको नेतृत्वमा गएका एक प्रतिनिधि मण्डले परराष्ट्र मन्त्रालयका सहसचिव तथा एनआरएन डेस्का प्रमुख भरत रेग्मीसंग भेट गरेको छ ।
सो अवसरमा अध्यक्ष कुल आचार्यले मन्त्रालयबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय र संघ बीच भएका असमझदारी समाप्त भएको वताउनु भयो ।
अध्यक्ष रविना थापाले संघसंग आवद्धभएको विधार्थीहरुको व्यवस्थापन गर्न पर्ने बताउनु भयो । अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नियमावलीको धारा १६ मा उल्लेख भए अनुसार संघको अनुगमन गर्ने अधिकार मन्त्रालयलाई दिएकोमा यसको कार्यविधि बनाई अनुगमन गर्न पर्ने बिचार व्यक्त गर्नु भयो ।
सो अवसरमा निवर्तमान अध्यक्ष कुमार पन्तले मन्त्रालयसंग केहि विमत्ति रहेता पनि यसलाई समाधान गरी संघ अगाडी बढ्न तयार रहेको अवगत गराउनु भयो ।
सहसचिव भरत रेग्मी संघले १० औं महाधिवेशन र विश्व सम्मेलन सफलतापूर्वक सम्मपन्न गरेकोमा वधाई दिंदै नवनिर्वाचित समितिलाई सफलताको कामना दिनु भयो । उहाँले संघले राष्ट्रलाई पुर्याउदै आएको योगदानको कदर गर्दै आगामी दिनहरुमा यसलाई अझ प्रभावकारी र परिमाणमूखी वनाउन अनूरोध गर्नु भयो । उहाँले संघ र मन्त्रालय बिचको सम्बन्धलाई अझ मजवूत वनाई संघसंग सम्बन्धित सम्पूर्ण कार्यहरु मन्त्रालयले नै गर्ने वातावरण वनाउन पर्ने सुझाव दिनु भयो ।
सो भेटको अवसरमा संघका उपाध्यक्षद्वय डा हेम राज शर्मा र गोविन्द श्रेष्ठको सहभागिता रहेको थियो ।