एनआरएनए: युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आयरल्याण्डको डुब्लीनमा हुने

लन्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डुब्लीनमा हुने भएको छ ।

सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले जानकारी दिए । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सीनाको भनाइ छ ।
बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डुब्लीनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारेपछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेम राज शर्माले डिसी नेपाललाई जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो । संघको यो नियमित बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *