गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीले उम्मेदवारी दिने भएका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभालाई सम्बोधन गर्न सिगागो पुगेका जोशीले आफुले शुरु गरेका स्मार्ट एनआरएनए लगायतका अजेण्डाको काम शुरु भएको त्यसलाई अघि बढाउन आफुले पुनः उम्मेदवारी दिने घोषणा गरे ।
‘मैले शुरु गरेको स्मार्ट एनआरएनए (पोलिसी) अघि बढेर बामे सर्ने अवस्थामा रहेको छ । सबै गैरआवासीय नेपालीहरुले केन्द्रीय नेतृत्वको लागि मतदान गर्ने व्यवस्था गर्नको लागि एउटा इच्छा शक्ति भएको नेतृत्वको आवश्यक हुन्छ त्यसको लागि म तयारीमा छु’ जोशीले भने ।
यस कार्यकालमा सस्थामा निकै सक्रिय रहेका जोशी एनआरएनमा अध्यक्ष बन्ने लाईनमा रहेका छन । समुह व्यवस्थापनका कारण यस पटक पनि जोशीलाई महासचिवमा राखेर अध्यक्षको तयारी गराउनका लागि पुन महासचिवमा उम्मेदवारी दिने भएको समाचार श्रोतको दावी छ ।
अमेरिकामा अध्यक्ष डा अर्जुन बन्जाडे जिताउन अहम भुमिका निर्वाह गरेका जोशी समुह निर्वाचित भए संगै उनलाई आगामी निर्वाचन निकैसजिलो हुने देखिन्छ