एनआरएनए अमेरिकाको मतदान शुरु भोली अन्तिम दिन

एनआरएनए एनसीसी अमेरिकाको नयां नेतृत्वका लागि मतदान प्रकृया शुरु भएको छ । अनलाइन मार्फत मतदात हुदैं छ ।  शनिवार र आइतवारसम्म भोट हाल्न सकिन्छ । कयौंले भोट हालिसकेका छन् ।
निर्वाचन समितिले पठाएको लिंकमा गएर मत दिन सकिन्छ । यसका लागि आफ्नो फोन नम्बर र एनआरएनए अमेरिकाको सदश्यता नम्बर चाहिन्छ । सदश्यता नम्बरका लागि एनआरएनए यूएसए डट कम भित्र गएर हेर्न सकिन्छ । साधारण सदश्य हो भने यूएसजीएम ड्यास र नम्बर आउंछ ।
फोन र यो नम्बर हालेपछि कोड प्राप्त हुन्छ । सही कोड हालेपछि मतपत्र प्राप्त हुन्छ । अध्यक्ष, सदश्यहरु लगायत च्याप्टर भएका स्थानमा च्याप्टर कार्यसमितिको पनि एकैपटक त्यही भोट हाल्न सकिन्छ ।
कुन पदमा कतिजनालाई भोट हाल्न पाइन्छ त्यही उल्लेख हुन्छ । अध्यक्षमा एक जनालाई मात्र छान्नुपर्ने हुन्छ भने बोर्ड सदश्यमा १२ जनालाई छान्न पाइन्छ । अरु केही पदमा पनि एक भन्दा वढी भोट हाल्न पाइन्छ ।
एनआरएनए अमेरिकाको कार्यसमिति, आईसीसी सदश्य र च्याप्टर कार्यसमिति लागि निर्वाचन भईरहेको छ । करिव ४०० भन्दा वढी उम्मेदवार छन् । एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् ।
यो चुनाव स्वच्छ वनाउन आईसीसीका उपाध्यक्ष सोनाम लामा प्रतिनिधि कमल सत्यालले पनि अनुगमन गरिरहेका छन् । इमेल नआएमा, कोड नम्बर प्राप्त नभएमा [email protected] मा सम्पर्क राख्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *