गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद ९एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको छ।
जुलाई ३ तारिख शुरु भएको साधारण सभा तथा नलेज कन्भेन्सन जुलाई ५, २०२० बिधान संशोधनको कार्यक्रमसंगै सकिएको छ। जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो। नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा काँग्रेसका महामन्त्रि शशांक कोईरोलालगायत एनआरएन आईसिसी अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा, सचिव गौरी जोशी, कोशाध्यक्ष महेश श्रेष्ठ, सल्लाहकार हरिवोल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भएको छ। साहले नेप्लिज डायस्पोरासंग बोल्दै भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवक साथीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ। यसैगरी साधारण सभा तथा कन्भेन्सनका कन्भेनर अर्जुन बन्जाडेले पनि यो कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ।
कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली प्रोफेशनलहरूको ज्ञान बाड्ने गरि ुराष्ट्रिय ज्ञान सम्मेलनु गरिएको थियो। उक्त सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो। उक्त सम्मेलनको संयोजन डाक्टर तारा सिग्देलले गर्नुभएको थियो।
त्यसैगरी तेस्रो दिन, जुलाई ५ तारिखमा बिहान ११ बजेदेखि साँझसम्म निरन्तर रुपमा महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र सर्बसमितिले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताउनु भयो ।