एनआरएनए अध्यक्षका प्रत्यासीद्धय डा. केसी र थापाले गरे मतदातालाई संयुक्त सम्बोधन

गैरआवासीय नेपाली संघको अध्यक्षका लागि प्रत्यासीद्धय डा. बद्री केसी र रविना थापाले मतदाताहरुलाई संयुक्त रुपमा सम्बोधन गरेका छन् । प्रत्यासीद्धयले शनिवार अमेरिका क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीले संघका पूर्वअध्यक्ष शेष घले संघको विभाजनमा लागेको बताए । केसीले संघको अहित गर्ने जो कोहिलाई पनि अनुशासनको कार्यवाही हुने बताए । केसीले संघको निर्वाचनमा सहभागि हुन् सबै प्रतिनिधिहरुलाई आग्रह गरे ।

अध्यक्षकी प्रत्यासी रविना थापाले संघको अभियान थलिएको बताइन् । उनले संघलाई बचाउने बेला आएको बताइन् । उनले संस्था फुटेर कसैको हित नहुने बताइन् । उनले आआफ्ना कमि कमजोरीहरुलाई आत्मसाथ गरेर संस्थाको विवाद मिलाएर जान सकिने बताइन् । उनले संस्था नबिग्रीयोस् भनेर आफुले उम्मेदवारी दिएको बताइन् । उनले संघभन्दा बाहिर रहेकाहरुलाई अझै मिलाएर लैजान आफु लचिलो भएको बताइन् । उनले प्रकृयामा भएका व्यक्तिहरुलाई छोडेर सहमति खोज्दा संस्थामा नाटकीय रुप देखिएको बताइन् । उनले निर्वाचन नहुदा धेरै जना खेल्ने अवसर पाउने गरेको बताउदै निर्वाचनले विवादलाई निकास दिने बताइन् । उनले गैरआवासीय नेपालीहरुले पुस्तैपुस्ताले पाउनु पर्ने अधिकारको लागि लड्नु पर्ने बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *