एनआरएनएको सचिवमा ज्ञानेन्द्र रेग्मी र भिम केसीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको अगामी कार्यकालको लागि सचिव पदमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने भएका छन् ।

संघको अक्टोवर १७ देखि २० सम्म हुने ११ औं महाधिवेसनमा उनले सो पदमा उम्मेदवारी दिने बताएका छन् । उनी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत बिभागमा सिनियर इन्जिनियर हुन् । बिराटनगर, मोरङ् घर भएका रेग्मी सिड्नीमा बसोबास गर्दै आएका छन् ।

उनीले सन् २०१९ – २०२१ माएनआरएनए अस्ट्रेलियाको महासचिब, सन् २०१५ – २०१७ मा प्रवक्ता र संघको पूर्व सल्लाहकारको जिम्मेवारी समालेका छन् ।

यस्तै, उनले संघको विधान समिति लगायत बिभिन्न केन्द्रीय टास्क्फोर्समा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

उनले जापानको साइतामा युनिभर्सिटीबाट मास्टर्स, अस्ट्रेलियाको ओलोङ गोङ युनिभर्सिटी पिएचडि गरेका छन् ।

यसअघि उनले इन्जिनियरिङ्ग एसोसियसन जापान च्याप्टरको महासचिव, अस्ट्रेलियन नेपालीज डेमोक्रेटिक फोरमको महासचिव र जनसम्पर्क समिति जापान र अष्ट्रेलियाको सल्लाहकारको रुपमा काम गरेका छन् ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा भिम केसी ‘कमल’ ले उम्मेदवारी दिने भएका छन् ।

अगामी अक्टोवरमा हुने संघको ११ औं महाधिवेसनमा गैरआवासीय नेपाली संघ प्रोर्चुगलका पूर्वअध्यक्ष समेत रहेका केसीले सो पदमा उम्मेदवारी दिने बताए । उनले प्रोर्चुगलस्थित मदेरामा व्यवसाय गर्दै आएका छन् ।

यसअघि उनले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि बिभिन्न पदमा जिम्मेवारी समाल्दै आएका छन् । उनले सन् २००९ – २०११ मा एनआरएनए प्रोर्चुगलको उपाध्यक्ष, सन् २०११ – २०१३ मा एनआरएनए मिडिया कार्यदल, सन् २०१५ – २०१७ मा एनआरएनए प्रोर्चुगलको अध्यक्षको रुपमा जिम्मेवारी समालेका थिए ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप ६ सचिव पदको लागि अगामी अक्टोवर महिनामा निर्वाचन हुदैछ ।

संघको अध्यक्ष पदको लागि डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *