गैरआवासयि नेपाली संघ (एनआरएनए) ले विगत १५ महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । आफ्नो अभियानमा सहयोग गर्ने सम्पूर्णमा नमन गर्दै एनआरएनएले आफ्नो बिगत डेढ बर्षको अबधिमा आफुहरुले गरेका कार्यहरु बुँदागत रुपमा जानकारी गराएको हो । कोरोना महामारीका बीचमा पनि आफुहरुले अगाडि सारेका योजनाहरु अलमलमा नपरी निरन्तर कार्य गरेको एनआरएनएले बताएको छ । एनआरएनएको वर्तमा कार्यसमितिले आफ्नो बाँकी ७–८ महिनाको कार्यकालमा अझै मेहनतका साथ कार्य गर्नेे जनाएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले कोरोना महामारीको विषम अबस्थामा पनि आफ्नो टिमले गरेको कार्यप्रति आफु सन्तुस्ट रहेको बताए । एनआरएनएले सार्वजनिक गरेका उपलब्धिहरुमा कोरोना महामारीमा २३ करोड रुपैयाँ परिचालन भएको, १ लाख ७० हजार कोरोनापीडित गैरआवासीय नेपालीहरुलाई राहत, ६१ लाखको मोबाइल ब्लड बस हस्तान्तरण, १० अर्ब लगानी नेपाल भित्र्याउने तयारी, स्मार्ट एनआरएनएको सुुरुआत रहेका छन् । यसैगरि प्रगति विवरणमा लाप्राक नमूना बस्तीमा ५ सय ७३ शौचालय निर्माण भई हस्तान्तरण हुँदै गरेको, विशेष महाधिवेशनद्वारा व्यवस्थित निर्वाचनको सुनिश्चिता भएको उल्लेख छ ।
कोरोना कहरमा राहत र सहयोगमा एनआरएनएले उल्लेख्य काम गरेको प्रगति विवरणमा छ । जसमा गैरआवासीय नेपालीबाट रु १३ करोड आर्थिक सहयोग संकलन, अन्तर्राष्ट्रिय संस्थाबाट रु १० करोड सहयोगको प्रतिबद्धता, नेपाल सरकारलाई रु ४ करोड १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग, नेपालका सात प्रदेशका १४ स्वास्थ्य संस्थामा मेडिकल सामग्रीहरु प्रदानगरेको उल्लेख छ ।
यसैगरि १२ राष्ट्रिय समन्वय समितिमा रु ६५ लाख बराबर सहयोग, ५० देशका ३०० भन्दा बढी शहरहरुमा २५ सय भन्दा बढी स्वयंसेवक परिचालन, कोरोना पिडित १ लाख ७० हजार गैरआवासीय नेपालीहरुलाई प्रत्यक्ष सहयोग, विश्वभरका २ सय गैरआवासीय नेपाली चिकित्सकबाट स्वास्थ्य परामर्श उपलब्ध गराएको उल्लेख छ ।
यस्तै कोरोना महामारीमा उद्धार, परामर्श तथा कानूनी सेवा अन्तरगत अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारसँग सहकार्य, नेपाली श्रमिकको सहयोगका लागि गन्तव्य मुलुकका सरकारसँग सहकार्य, नेपाली श्रमिकको सहयोगका लागि कूटनीतिक नियोगसँग सहकार्य, विदेशमा अलपत्र १६५ जनालाई हवाई टिकट सेवा सहित उद्धार, ४५३ नेपाली श्रमिकलाई कानुनी परामर्श सेवा प्रदान, २ हजार ७१३ जनालाई गन्तव्य मुलुकहरुमा खाना तथा बासको व्यवस्था, ३,४७९ जनालाई विभिन्न कागजी प्रक्रियामा आवश्यक सहयोग, २४५ जना श्रमिकलाई पिसिआर टेस्टको लागि आर्थिक सहयोग, २४९ जना श्रमिकलाई काठमाडौँदेखि घर सम्मको यातायात व्यवस्था उपलब्ध गराएको विवरणमा उललेख छ ।
यस्तै स्मार्ट एनआरएनए अन्तरगत हात–हातमा एनआरएनए एप्सको सुरुआत, गैरआवासीय नेपाली संघको नयाँ वेभसाईट सुरु, अनलाइनमार्फत सहयोग संकलन सुरु, सम्पूर्ण पंजीकृत सदस्यहरुलाई डिजिटल परिचयपत्र वितरण, आर्टिफिसियल इन्टेलिजेन्स्को माध्यमबाट सदस्यता वितरण प्रणाली, अनलाइन भोटिङ प्रणालीको तयारी, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको डिजिडल डेटा वेस स्थापना गरेको उल्लेख छ ।
परोपकार, पुरस्कार तथा अन्य गतिविधी शीर्षकमा लाप्राक नमुना बस्तीका ५ सय ७३ घरमा शौचालय निर्माण, महिला हिंसाविरुद्ध १६ दिने सचेतना कार्यक्रम सम्पन्न, १९ लाख रुपैयाँको साहित्यक पुरस्कार स्थापना, विश्व युवा वक्तृत्वकला सम्पन्न, एनआरएनए ऐन संशोधनको लागि सुझाव पेश, विदेशस्थित सम्बन्धित दूताबासको ध्यानाकर्षण, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गरेको उल्लेख छ ।
विश्वव्यापी बृहत् टेलिहेल्थ सेवा सुरु गरेको, चितवन जिल्लाका लागि ६१ लाखको मोबाइल ब्लड बस हस्तान्तरण तथा सुदुर–पश्चिममा ब्लड बस किन्ने तयारी, ५५ लाख रुपैयाँको काठमाण्डौँमा नमुना सार्वजनिक शौचालय निर्माण सुरु, ताप्लेजुङ लगायत दुर्गम तथा ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्राका लागि महिलामैत्री शौचालय निर्माण हुदै गरेको, नेदरल्याण्ड र नेपालमा एनआरएनए फाउण्डेशन दर्ता अन्तिम चरणमारहेको विवरणमा छ ।
यस्तै कोरोनाबारे जन–चेतनामुलक कार्यक्रम चौबीसै घण्टा आपतकालिन टेलिफोन सेवा सञ्चालन, पोस्टर पम्प्लेटमार्फत सचेतना कार्यक्रम, अडियो–भिडियोमार्फत सचेतना कार्यक्रम , कोरोना महामारी लक्षित विशेष वेभसाइट सुरु गरेको उल्लेख छ । यस्तै संस्थागत उपलब्धि अन्तरगत विशेष महाधिवेशन सम्पन्न, व्यवस्थित निर्वाचन सुनिश्चित, विभागीय संरचनाको सुरुवात विभिन्न ३० देशका ५ सय भन्दा बढी विज्ञको सहभागितामा दोस्रो विज्ञ सम्मेलन सम्पन्न, कोरोना महामारीका बीच भर्चुअल माध्यमबाट ५ क्षेत्रीय बैठक एवं सम्मेलन सम्पन्न, प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक, दुई वर्षे कार्ययोजना तथा रणनीति सार्वजनिक, वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक, मितव्यी र व्यवस्थित सचिवालय र आर्थिक, कर्मचारी, खरिद बिक्री लगायतका १ दर्जन भन्दा बढी नियमावली निर्माण गरेको विवरणमा छ ।
यस्तै सूचना सञ्चार तथा प्रकाशन अन्तरगत कोरोनासम्बन्धी साप्ताहिक बुलेटिन प्रकाशन अंग्रेजी भाषामा न्युज लेटर प्रकाशनको सुरुवात, त्रैमासिक न्युज लेटर प्रकाशन, क्षेत्रीय तथा विज्ञ सम्मेलन लक्षित बुलेटिन प्रकाशन, नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजिमा स्वेत पत्र प्रकाशन, फेसबुक लगायत सामाजिक सञ्जालको प्रभावकारी परिचालन, विश्वव्यापी एनआरएनए, संयुक्त राष्ट्रसंघ अन्तर्गतका (आइएअलओ, आइओएम) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य सुरु, नेपाल भ्रमण वर्षको लागि विश्वव्यापी अभियान तथा कालापानी लिपुलेक सीमारक्षाको लागि विश्वभरका नेपालीहरुको ऐक्यबद्धतारहेको पनि विवरणमा उल्लेख छ ।
