एनआरएन अमेरिकाको विवाद नयाँ मोडमा पुगेको छ । केहि दिन अघि सहमति गरेको भन्दै फोटो खिचाएपछि सकिएको विवाद बुद्धि सुवेदी पक्षले कार्यन्वयन नगरेपछि फेरी शुरु भएको हो । सहमति भए पनि त्यसको कार्यन्वयन नभएको भन्दै अध्यक्ष कृष्ण लामीछानेले एक विज्ञप्ति जारी गर्दै सहमति कार्यन्वयन नगरेको भन्दै आफ्नो कार्य समिति जीवित रहेको बताएका छन । उता लामीछानेले सहमति गरेको बताए पनि सिपी पौडेल सहित बाँकी कार्यसमितिका व्यक्तिहरुले टेक्सासमा भेलाको तयारी तिव्र पारेका छन । लामीछानेले कार्यसमितिको सहमतिविनै सहमतिको नाटक गरेपछि उनि विवादमा आएका थिए । अन्तत उनको सहमति सुवेदी समुहले कार्यन्वयन नगरेकोले अमेरिकाको विवाद सहतमा आएको हो ।
विवाद समाधान भएको भन्दै नेपालबाट काँग्रेस नेता शेखर कोईराला ल्याउने तयारी गरिएको थियो तर शेखरले विवाद भएको स्थानमा आफु नजाने बताएपछि महामन्त्रि विश्वप्रकास शर्मालाई ल्याउने तयारी गरेका छन । तर महामन्त्रि शर्माले पनि विवाद छताछुल्ल भएपछि आफु आउन नसक्ने भन्दै सम्बद्ध व्यक्तिलाई जानकारी दिएको श्रोतको दावी छ ।
महामन्त्रि शर्मा आउने भन्दै तयारी थालेको सुवेदी समुहले शर्मा नआउने भएपछि त्यसको विकल्पमा अर्को नेताहरुलाई मनाउने प्रयास शुरु गरेको श्रोतले बतायो । समाचार श्रोतका अनुसार भिषा लिन समय लाग्ने भएकोले पहिल्यै भिषा भएका नेताहरुको खोजीमा सुवेदी समुह लागेको छ । अध्यक्ष लामीछानेद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै ।
https://www.facebook.com/messenger_file/?attachment_id=729706344848630&message_id=mid.%24cAAAABnbO7DKHzUEf12Bm_vWtaJ8q&thread_id=100000741904093