एक अमेरिकी डलरको १२७ रुपैयाँ ४१ पैसा, नेपाली रुपैयाँ कमजोर

अमेरिकी डलरको सटही दर मंगलबार एक डलरको १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुशार खरिददर १२६ रुपैया ८१ पैसा र बिक्रिदर १२७ रुपैया ४१ पैसा पुगेको हो ।

अमेरिकी डलरले युरोपियन युरोको नजिक पुगेको छ । युरोपियन युरो १ को बिक्रिदर १२८ रुपैया ७४ पैसा रहेको छ । खरिददर १२८ रुपैया १४ पैसा रहेको छ । त्यस्तै यूकेको पाउण्ड १ को बिक्रिदर १५२ रुपैया १३ पैसा रहेको छ ।

अमेरिकाबाट नेपालमा रेमिट्यान्स पठाउँदा धेरै रकम प्राप्त हुने गरेको छ भने नेपालमा विदेशबाट सामान किन्दा भने महँगो पर्ने गरेको छ । डलर साटेर विदेश घुम्न जानेहरुका लागि समेत धेरै रुपैया खर्चिनुपर्नेछ ।

अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ कमजोर बनेको छ ।पछिल्लो समय लगातार अमेरिकी डलर बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुसयुक्रेन युद्धको असरसमेत डलरको मूल्यमा परेको बताउँछ।

विश्वव्यापी रुपमा पछिल्लो समय डलरको माग उच्च रहेको छ । माग उच्च भएको हुँदा डलरको मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर हुँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *