इलेक्ट्रोलद्वारा राष्ट्रपतिमा जो बाइडनको औपचारिक जित

अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्। यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए।

अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन्।

इलेक्ट्रोल कलेजले मतदान गरिसकेपछि अब अमेरिकी कानुन अनुसार राष्ट्रपति ट्रम्पको परिणाम उल्टाउने सबै प्रयास असफल भएको छ। अब ट्रम्पले कानुनको सहारामा समेत परिणाम उल्टाउने बाटो बन्द भएको छ।

अबको प्रक्रिया अनुसार जनवरी ६ मा बस्ने अमेरिकी काँग्रेसमा यो परिणाम पेश गरिने छ। इलेक्ट्रोल कलेजको परिणाम पछि जो बाइडेन सम्बोधन गर्ने बताइएको छ।बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *