अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा रहेको न्युर्योकमा एकै दिन कम्तिमा ६३९ जनाको मृत्यु भएको छ। योसँगै राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार ५६५ पुगेको छ। शनिबार अधिकांश मृत्यु हुने न्युयोर्क सिटीका छन्।
अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार चार सयभन्दा बढी पुगेको छ। यस्तै संक्रमितको संख्या तीन लाख १० हजार भन्दा बढी छ। अमेरिकाभर शनिबार कम्तिमा १३३१ जनाको मृत्यु भएको छ। त्यसमा आधा न्युयोर्कका छन्।
न्युयोर्क राज्यमा संक्रमितको संख्या एक लाख १३ हजार सात सयभन्दा बढी रहेको छ।
संकटको उच्च तह सात दिनसम्म रहन्छः न्यूर्योकका गभर्नर कुओमो
न्युर्योकका गभर्नर एन्ड्रयू कुओमोले अहिले राज्यमा कोरोनाविरुद्धको युद्धमा ८५ हजार मानिसले स्वतन्त्र रुपमा सेवा गरिरहेको र त्यसमध्ये २२ हजार मानिस राज्य बाहिरका रहेको जानकारी दिएका छन्।
उनले अबको चारदेखि १४ दिनमा राज्यमा कोरोना भाइरस संक्रमणको प्रभाव अहिलेसम्मकै उच्च वा खराबस्तरमा देखिने बताएका छन्।
शनिबार गभर्नर कुओमोले राज्यले आउँदो हप्ता कोरोना भाइरस संकटको सबैभन्दा विकरला रुपको सामना गर्नु पर्ने चेतावनी दिएका हुन्।
उनले भनेका छन्, ‘कसैले पनि भन्न सक्ने छैन कि त्यो विकराल अवस्थामा पुग्दा मृत्यु हुने र संक्रमित हुनेको संख्या कति हुनेछ। तर त्यो संकटको उच्च तह सात दिनसम्म रहन सक्ने देखिन्छ।’