आफ्नो जीत प्रवासी नेपालीको कारण भएको डा वाग्लेको दावी

अमेरिका, अर्थविद् तथा सांसद डा। स्वर्णिम वाग्लेले नेपालको विकासका लागि सन् २०३५ भित्र एक खर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिनु पर्नेमा जोड दिएका छन ।

‘नेपालले आर्थिक विकासको सुरुवात गरेको एकसय वर्ष पुगेको समयसम्म हामीले एकखर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएर हिँड्न जरुरी छ । त्यसका लागि डायस्पोरालाई परिचालन गर्नेदेखि लिएर नीतिमा जे जति समस्या देखिएका छन् तिनमा सुधार गर्न जरुरी रहेको छ’ डा। वाग्लेले शनिबार अमेरिकाको ड्यालसमा नेपाली व्यबसायीहरुलाई सम्बोधन गर्दै भने ।

नेपाल बैंकको स्थापना, बिराटनगरमा उद्योगहरु खुलेका कारण त्यो समयलाई नेपालमा अर्थतन्त्रको जग बसेको समयको रुपमा बताए ।

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको आठौं गाला डिनर कार्यक्रममा डा। गाग्ले विशिष्ट वक्ताका रुपमा उपस्थित उनले त्यस अवसरमा उनले धेरै वर्ष दातृ संस्था, वैदेशिक नियोगहरुमा रहेर काम गरेको र योजना आयोग, सल्लाहकार जस्ता निकायमा रहेर काम गरेको अनुभवले पिँधमा बसेर मात्र नहुने रहेछ भन्ने लागेर पूर्ण कालिन राजनीतिमा आएको उल्लेख गरे ।

‘हामी नेपालीहरु नेपाल भन्दा बाहिर जहाँ जे जति बसेका छौं, सबैजना व्यक्तिगत रुपमा आफ्नो क्षेत्रमा धेरै नै सफल छौं । तर सामुहिक रुपमा नेपाल चाँहि किन बनेन भन्ने प्रश्नले बारम्बार घोचिरह्यो’ उनले भने–‘त्यही समस्या समाधान गर्नका लागि विकसित मुलुक छाडेर म एक दशकदेखि नेपालमै बसेर काम गरिरहेको छु ।’

मन्तव्यको क्रममा सांसद डा। वाग्लेले हालै तनहुँको उपनिर्वाचनमा आफुले विजय प्राप्त गर्नुको कारण नेपाल बाहिर रहेका नेपालीहरुको ठूलो योगदान रहेको बताए । प्रवासमा रहेका नेपालीहरुकै कारण आफ्नो विजय भएको बताउँदै म गोरखाको मान्छे, नत लामो समयदेखि राजनीतिमा लागेकोनै तपाईहरुले अमेरिका, युरोप, अष्ट्रेलिया, खाडी, मलेसियाबाट तनहुँमा रहेका आफन्त, साथीभाईहरुलाई फोन गरेर भोट दिन गर्नुभएको आग्रहकै कारण मैले जितेको हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *