आप्रवासीका लागि कठिन बन्दै अमेरिका, राष्ट्रपतिको कार्यकारी आदेश ईतिहासकै कठोर

अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मद्धारा सोमबार जारी कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन । आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी ईतिहासकै कठोर मानेका छन । वर्तमान राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर यस कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए । सो कार्यकारी आदेशले विभिन्न श्रेणीका विदेशी कामदार भिसामा रोक लगाउनुको साथै आप्रवासी भिसालाई निकै संकुचित बनाउने छ । यस कार्यकारी आदेश आगामी डिसेम्बरसम्मका लागि कार्यन्वयनमा आउने छ । कार्यकारी आदेशले खासगरी एच वान, जे वान, एल वान र एच वान बी भिषालाई पुर्ण रुपमा प्रतिवन्ध नै लगाउने छ । यसो गर्दा अमेरिकामा अनुमानित ५ लाख नयाँ रोजगारी श्रृजना हुने छ । कोरोनाको कारण बढेको बेरोजगारीलाई राहात दिने भएकोले राष्ट्रपतिले आप्रवासीलाई प्रतिवन्ध लगाएर आफ्नो नागरिकलाई अबसर दिने भन्दै जारी गरेका छन ।
गत अप्रिलमा रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा ट्रम्पले घोषणा गरेको प्रतिबन्ध पनि अब सन् २०२० को अन्त्यसम्मका लागि लम्बाइएको हो । अब ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा डिसेम्बरको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाउनेछैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन प्रतिबन्ध लगाईएको छ । सन् २०२० को डिभी लोटरीमा समेत अमेरिका आउन कार्यकारी आदेशले प्रतिवन्ध लगाएको छ । कार्यकारी आदेशले विभिन्न किसिमका ठुला वा साना अमेरिकामा रहेका कम्पनीहरुका उच्च स्तरका कर्मचारीलाई उपलब्ध गराउदै आएको कामदार भिसामा रोक लगाएको छ ।
त्यसैगरी ट्रम्प प्रशासनले एसाइलम आवेदन पेन्डिंग रहेको एकबर्षको अवधिमा वर्क परमिट नदिने नीति समेत घोषणा गरेको छ । वर्क परमिटका पाउनका लागि मात्र एसायलमका लागि योग्य नहुनेले समेत आवेदन दिएर उक्त मानवीय कार्यक्रमको दुरुपयोग गरेको भन्दै नयाँ नीति घोषणा गरिएको बताइएको छ ।

पहिले नै भिसा पाइसकेका तर कोरोनाको महामारीका कारण ६ महिनाभित्र अमेरिका आउन नपाएकाहरुले दूतावासमा सम्पर्क गरेर भिसा नविकरण गर्नसक्ने छ ।
नेपालीहरुका सन्दर्भमा ट्रम्पको कार्यकारी आदेशको सबैभन्दा ठूलो मार डिभी विजेताहरुलाई परेको छ । सन् २०२० का झण्डै २६ सय नेपाली डिभी विजेताहरुले भिसा कुरेर बसिरहेका थिए । कतिपयको त अन्तरवार्ताको मिति समय तय भएको थियो तर कोरोनाको महामारीका कारण अन्तरवार्ता हुन सकेको थिएन ।
टाष्ट्रपति ट्रम्पले आफु राष्ट्रिय प्रभावका विषयमा कमजोर भएपछि आप्रवासी नीतिलाई कठोर बनाएर अमेरिकी जनताको ध्यान खिच्न पुरानै तर कडाईका साथ आप्रवासी नीति जारी गरेको राजनीतिका जानकारहरुले टिप्पणी गरिरहेका छन । उनले फेरी पनि चुनाव जितेको खण्डमा यस खालको आप्रवासी नीतिले निरन्तरता पाउने संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *