आजदेखि गाडी नचल्ने भनेपछि एकै दिन २ लाखले काठमाडौं छाडे

शारदा खत्रि

कोरोना भाइरस (कोभिड १९) संक्रमण हुने सन्त्रासले काठमाडौं उपत्यकाबाट एकै दिन २ लाखभन्दा बढी मानिस आफ्ना जिल्ला फर्किएका छन् । कोराना रोकथामका लागि सकारकारले आज सोमबारदेखि देशभर लामो दूरीका सवारीसाधन सञ्चलानमा रोक लगाउँदै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार मात्रै ट्राफिक २ लाख ६ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन्।

उपत्यकाका ५ नाकाबाट त्यस दिन २९ हजार ७३ सवारीसाधन मार्फत उनीहरू बाहिरिएका हुन्। सोही दिन काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या भने ४८ हजार ७२ जना मात्र छन्। उनीहरू १६ हजार सवारीसाधनमार्फत काठमाडौं उपत्यका आएका हुन्। सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि विद्यालय तथा क्याम्पस बन्द गरेसँगै उपत्यकाबाट बाहिरिनेको संख्या बढेको हो।

सामान्यतया उपत्यकाबाट दैनिक ८०÷८५ हजार यात्रु बाहिरिने गरेकामा बिहीबारबाट यो संख्या बढेको छ।

गत आइतबार काठमाडौं उपत्यकामा १५ हजार ८ सय ४६ सवारी भित्रिएका थिए भने ११ हजार ७ सय ६९ यात्रु बाहिरिएका थिए। जसमा ९३ हजार ९ सय २६ यात्रु भित्रिँदा ८७ हजार ३ सय २७ जना बाहिरिएका छन्।

त्यस्तै सोमबार १७ हजार ६ सय २२ सवारी भित्रिँदा १६ हजार २ सय २५ बाहिरिए भने ९२ हजार १ सय यात्रु भित्रिँदा ८८ हजार २ सय बाहिरिएका छन्।

मंगलबार १६ हजार गाडी उपत्यकाका पाँच नाकाबाट भित्रिएका छन् भने १७ हजार ५ सय २५ बाहिरिएका छन्। जसमा ९० हजार २ सय ३० यात्रु भित्रिएका थिए भने ९१ हजार ८ सय १६ यात्रु बाहिरिएका थिए। बुधबार १८ हजार १ सय ८० सवारीसाधन भित्रिँदा १७ हजार ४ सय ४१ मात्रै भित्रिएका थिए।

ती सवारीसाधनमा ९८ हजार ९ सय ३४ यात्रु भित्रिँदा ९५ हजार २ सय ४७ यात्रु बाहिरिएका छन्। बिहिबार १८ हजार सवारी उपत्यका बाहिर जाँदा १ लाख ८ हजार ४५८ यात्रु बाहिरिएका थिए ।

उक्त दिन १५ हजार १४० सवारी मार्फत ८३ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएका थिए । शुक्रबार मात्रै पनि १ लाख ३० हजारले उपत्यका छाड्दा ६३ हजार भित्रिएका छन् । जसमा १४ हजाार ४५७ सवारी भित्रदाँ २० हजार १०५ बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *