अवैतनिक महावाणिज्यदूतले नीलो प्लेटको सवारी प्रयोग गर्न नपाउने

शारदा खत्री

काठमाडौं- सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई नीलो प्लेटको सवारी प्रयोग गर्न रोक लगाएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुले झण्डा समेत सवारीमा प्रयोग गर्न पाउने छैनन्।

अवैतनिकदूतको सुविधालाई दुरुपयोग गर्दै अवान्छित गतिविधिमा संलग्न देखिएको पाइएपछि यस्तो निर्णय लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका व्यापारी सुलभ अग्रवाल २०९८ सीसी वान नम्बरको नीलो प्लेटको गाडी प्रयोग गरेर कालोबजारीमा संलग्न भएको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *