अमेरिकी सर्वेक्षणको नतिजा : पैसाले खुसी किन्न सकिन्छ

वासिंटन : पछिल्ला दशकमा धेरै पैसा हुनु भनेको धेरै खुसी हुनु भएको तथ्य एउटा नयाँ अध्ययनले देखाएको छ ।

अर्थात्, पैसाले खुसी किन्न सकिने तथ्य उक्त सर्वोक्षणले देखाएको हो । अमेरिकामा गत साता प्रकाशित ‘इमोशन’ जर्नलमा यस्तो तथ्यबारे व्याख्या गरिएको छ । जहाँ दशकौँदेखि मानिसहरुको आम्दानी र खुसीको सम्बन्ध स्थिर रुपमा अघि बढिरहेको सर्वेक्षणले देखायो ।

खासगरी वयष्क उमेरका मानिसहरुको खुसी र आयको सम्बन्ध स्थिर रहेको उक्त जर्नलमा छ । ४४ हजार १ सय ९८ जना अमेरिकी वयष्कहरुमाझ वर्षौँदेखि वृहत सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणका लागि १९७२ देखि नै कलेज गएका गोराहरु र जान नपाएका गोराहरुबीच वर्गिकृत गरिएको थियो ।

अफ्रिकन अमेरिकनहरुको सवालमा परिणाम भिन्न भेटिएको बताइन्छ । जहाँ उनीहरुको खुसी र पैसाको सम्बन्ध प्रतिविम्वित भएको थियो । अर्थात्, पैसा र खुसी अन्तरसम्बन्धित भएको पाइएको थियो ।

कलेज जान नपाएका अस्वेतहरुका लागि १९७२ देखि नै खुसीको स्तर स्थिर रहेको पाइएको छ । जब कि, कलेज जान पाउने अस्वेतहरुको खुसी बढ्दै गरेको छ । स्वेत र अस्वेत दुबैका लागि शिक्षाबाट खुसीको अन्तर बढेको पाइएको छ ।

यसरी ‘पैसाले खुसी किन्न सकिँदैन’ भन्ने मान्यतालाई यस अध्ययनको परिणामले चुनौती दिएको छ । आय राम्रो हुनेहरु खुसी हुने र आय कम हुनेहरुमा यसको स्तर तुलनात्मक रुपमा कम हुने साथै आय बढ्न थालेपछि खुसीको स्तर पनि बढ्ने यस अध्ययनको सार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *