अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनबाट सपथग्रहण

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् । आज दिउसो अमेरिकी विदेशमन्त्रालयमा ब्लीङकेनले सपथग्रहण गरेका हुन्

एन्टोनी ब्लीङकेनको नाम सिनेटबाट आजै स्वीकृत भएको हो । मंगलबार भएको मतदानमा उनका पक्षमा ७८ र विपक्षमा २२ मत खसेको छ । राष्ट्रपति जो बाइडेनका लामो समयदेखिका सल्लाहकार ब्लीङकेनले अमेरिकाको अत्यन्तै महत्वपूर्ण मानिने विदेश मन्त्रालयको नेतृत्व गरेका छन् ।

ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका थिए । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।

उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।

Leave a Reply

Your email address will not be published.