अमेरिकी राष्ट्रपतिसहित ह्‍वाइट हाउसका कर्मचारीको तलब कति हुन्छ ?

वासिङटन : विश्वशक्ति मानिएको अमेरिका । उक्त देशलाई सञ्चालन गर्ने केन्द्र ह्वाइट हाउस । जहाँ कार्यकारी राष्ट्रतिसँगै ४ सय जना भन्दा धेरै कर्मचारी हुन्छन् ।

ती कर्मचारीहरुको तलब वार्षिक ३० हजार डलरदेखि ४ लाख डलरसम्म छ । राष्ट्रपति डोनल्ड ट्रम्पले मात्रै चाहिँ हरेक वर्ष ४ लाख डलर कमाउँछन् । जबकि, उपराष्ट्रपति माइक पेन्सको वार्षिक कमाइ २ लाख ३० हजार ७ सय डलर छ ।

राष्ट्रपति वाहेक सबैभन्दा धेरै कमाइ हुने ह्वाइट हाउसका कर्मचारी जोन चर्तकी हुन् । उनको वार्षिक कमाइ २ लाख ३९ हजार ५ सय ९५ डलर हुन्छ । यस्तै क्रिस्टोफर लिडेल भने सबैभन्दा थोरै तलब भएका कर्मचारी हुन् । उनको वार्षिक तलब जम्मा ३० हजार डलर छ । उनी ह्वाइट हाउसका ‘डेमुटी चिफ अफ स्टाफ’ हुन् ।

न्युजिल्याण्डमा जन्मिएका उनी ह्वाइट हाउसमा छिर्नुअघिसम्म व्यवसाय गर्थे । ट्रम्पका अधिकांश सल्लाहकार र सहयोगीहरुले वार्षिक रुपमा १ लाख ८३ हजार डलर कमाउँछन् । तर ज्वाइँ समेत रहेका जार्ड कुस्नर र छोरी इभान्का ट्रम्पको घोषित तलब छैन । यद्यपि उनीहरु दुबै सल्लाहकारको भूमिकामा छन् ।

ह्वाइट हाउसमा स्टेनोग्राफर (भाषण उतार्ने), क्यालिग्राफर (कलात्मक अक्षर लेख्ने), डिजिटल डिजाइनर र ट्राभल म्यानेजरहरु पनि कर्मचारीको रुपमा जागिरे छन् । राष्ट्रपति ट्रम्पले ४ सय भन्दा धेरैलाई ह्वाइट हाउसमा जागिरको रुपमा नियुक्त गरे । तर तिनीहरुको तलबमा व्यापक असमानता छ ।

ट्रम्पका धेरैजसो सल्लाहकार र सहयोगीको तलब १ लाख ८० हजार भन्दा धेरै छ । केही कर्मचारीको भने एक लाख भन्दा थोरै छ । अर्थात् उनीहरुको केही हजारमै सिमित छ । २०१९ को अन्त्यतिरको तथ्यांक अनुसार ट्रम्पले ह्वाइट हाउसमा छिरेपछि नै आफ्नो ४ लाख तलब विभिन्न सरकारी विभागमा चन्दा दिए । उनले २०१९ को दोस्रो अंशको तलब चिकित्सा विभागका लागि चन्दा दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *