अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ बर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ बर्षको शुभकामना दिएका हुन् । साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् ।
यो साताभर विभिन्न आप्रवासी समुदायबाट अमेरिकामा मनाइने वैशाखी, नवरात्री, नयाँ बर्ष लगायतको आफू र जिल बाइडेनका तर्फबाट शुभकामना व्यक्त गरेका हुन् । बाइडेनले नयाँ बर्षका अवशरमा सबैको परिवारमा समृद्धि र उज्यालोको कामना गरेका छन् ।
