अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वदेश फर्किर्दै

काठमाडौँ-  अमेरिकी राजदूत र्‍यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् । नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएपछि नेपालबाट बेरी स्वदेश फर्किएका हुन्। चार वर्षे कार्यकाल सकाएर उनी फर्किएका हुन् ।

नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।

 

‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु,’ उनले भनेका छन्‚’ यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।’

बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन् । थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन् ।

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रबार थम्पसन नियुक्ती भएसँगै आफ्नो चार वर्ष कार्यकाल पूरा गरी र्‍याण्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्पसन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *