अमेरिकी राजदूत बेरीले बुढानीलकण्ठ पुगेरै दिए प्रधानमन्त्री देउवालाई बधाई

twitter sharing button

काठमाडौँ  : अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् । आज बिहीबार देउवालाई भेट्न बेरी बुढानीलकण्ठ पुगेका थिए ।

बेरीसँगको भेटपछि देउवाले ट्वीटरमा आफ्नो नयाँ कार्यकालमा नेपाल र अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने उल्लेख गरेका छन् ।  बेरीले मंगलबार मात्रै प्रधानमन्त्री नियुक्त भएका देउवालाई टेलिफोन तथा सामाजिक सञ्जालमार्फत पनि बधाइ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *