अमेरिकी भ्याक्सिन नेपाल लैजान प्रयास भैरहेको छ ः राजदुत खतिवडा

अमेरिकाका लागि नेपाली राजदुत डा यूवराज खतिवडाले ३० देखि ५० लाख थान एस्ट्राजेनेका भ्याक्सिन नेपाल लैजानका लागि अमेरिकी सरकारसँग छलफल भैरहेको बताएका छन । नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन । त्यसका लागि अमेरिकाको राजनीतिक तहसँग लबिङ गरिदिन नेपाली समुदायका अगुवासँग आग्रह गर्दै कोरोनाले पारेको असरको सन्दर्भमा डा. खतिवडाले अमेरिकी सरकारसम्म कुरा पुर्याउन सबैले आफ्नो आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताए ।
दुतावासबाट टेक्सासको डालासमा आयोजित शिविर सन्चालन गर्न टेक्सास पुगेका राजदुतले गैरआवासिय नेपालीको पक्षमा निकै काम भईरहेको बताए । एनआरएन विधेयक ऐन बन्ने क्रममा रहेको र त्यो आएपछि एनआरएन कार्ड, दोहोरो नागरिकता, आर्थिक सामाजीक, सांस्कृतिक अधिकार सहितको नेपालको नागरिक हुने प्रावधान रहेको जानकारी दिदै एनआरएनबाट लामो समयदेखि उठाउँदै आएका विषयहरु विधेयकले समेटेको डा. खतिवडाले प्रस्टायाए ।
नेपालीहरुको घनत्व बढी भएको अमेरिकाका बिभिन्न शहरहरुमा कन्सुलेट राख्ने विषयमा सकारात्मक भएपनि अहिले कार्यान्वयन गर्ने नसक्ने भएकोले अस्थायी घुम्ती शिविरको मार्फतबाट भएपनि सेवा दिन नेपाल सरकार तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *