अमेरिकी नाटक अभिनयमा जम्दै गरेका नेपाली ओमराज

अमेरिका अबसरको भुमि हो यहाँ मिहेनत गरे जे पनि संभव छ । त्यहि गतिलाई पछ्याउँदै विधार्थीका रुपमा अमेरिका प्रबेश गरेका धादिडका ओमराज राउत आज अमेरिकामा नाटक अभिनय गर्ने चरण प्रवेश गरेका छन । सायद उनि अमेरिकामा नाटकमा अभिनय गर्ने थोरै नेपालीहरुमा पर्दछन ।

ओम राज राउत फेरि पनि अमेरिकाको अल्फा एनवाईसी थियटर कम्पनीको अर्को नाटक क्रिसमस भर्चुअलीमा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । धेरै नाटकहरूमा आफ्नो निपुणता देखाइ सकेका ओम राज राउत एस नाटकमा टोनी रुद्लाफ द रेड नोसेर को भूमिकामा प्रस्तुत हुनेछन् ।

उनी न्यूयोर्क थिएटर फेस्टिवलमा उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका थिए । क्रिसमस भरचुअली : मार्कस र फ्लिप कोबलरद्वारा लिखित र एलिस क्यामरोटाको निर्देशनमा रहेको छ । नाटकमा राउतसहित २ दर्जन बढी अमेरिकन कलाकारहरुले अभिनय गर्नेछन् । डिसेम्बर ९ मा बेलुका ९ बजे पहिलो मन्चन हुने नाटक, डिसेम्बर १० र ११ मा बेलुका ७ बजे नाटकको प्रदर्शन हुने भएको छ। राउतले विगत ८ बर्षदेखि न्युयोर्कमा नाटक सम्बन्धि अध्ययन र अभिनय गर्दै आएका छन् ।

अनेकौं थियटरहरुमा आफ्नो संलग्नता र नाटकहरुमा योगदान दिइ आफ्नो देशको प्रतिनिधित्व गरेका छन्। यस अगाडि उनले यहि एनवाईसी थियटरद्वारा लाइसिसट्राटा र हाउ टू सरभाइव इन क्वारेनटिन नामको नाटकमा अभिनय गरिसकेका छन् । गत वर्ष फ्रिजिड न्यूयोर्क फेस्टिभलमा उनको एकल नाटक १९५३ : द रेस फर द समिट प्रस्तुत गरेका थिए। सो नाटक मार्फत उनी डिसेम्बर २०२१ को न्यूयोर्क थिएटर फेस्टिवलमा उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका थिए। त्यसका साथ साथै उनको फ्रिगिड न्यूयोर्क थिएटर फेस्टिभलका लागि पनि उत्कृष्ट नाटक लेखनका लागि मनोनयनमा पर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *