अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदन सेवा र प्रकृया कहिलेदेखि सुचारु होला भन्ने विष्यामा अझै किटानीका साथ भन्न नसकिने जनाएको छ । आफ्नो फेसबुकबाट लाई गरी कहिलेदेखि अप्वाइन्टमेन्टहरु उपलब्ध होला भन्ने सन्दर्भमा कैयन प्रश्नहरु प्राप्त गरेको जनाएको छ । र जवाफमा भनेको छ – ‘कोभिड १९ को अवस्थाको अनिश्चितताका कारण हामी भिसा सेवा सुचारु हुनेबारे ठ्याक्कै टाइमलाइन दिन सक्दैनौं ।’ कारण नेपालमा लक डाउन हटे पनि अमेरिकामा बढी रहेको सन्र्दभमा के होला यसै भन्न सकिन्न ।
अमेरिकी सरकारको नीति अनुशार भिसा आवेदकका साथमा अमेरिकन र नेपाली कर्मचारीको सुरक्षालाई मध्यनजर गरेर सबै नियमित भिसा प्रकृया खारेज गरिएको दूतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘तर हामी अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका अनुशार र अमेरिकी सरकारको विदेश मन्त्रालयको नीति अनुशार यथाशक्य छिटो सुचारु गर्नेछौं । . कुनै अपडेट प्राप्त भएमा उपलब्ध गराउँदै जाने दूतावासले जनाएको छ । भिसा सेवा खारेज हुँदा त्यसबाट उत्पन्न कठिनता र चिन्ताबारे आफूले बुझेको बताउँदै दूतावासले धैर्य रहन आग्रह गरेको छ ।