अमेरिका हिँडेका यात्रुको ट्राभल डकुमेन्ट इन्टरपोलको सूचीमा देखिएपछि…

काठमाडौं: त्रिअबि अध्यागम कार्यालयले दुबई, कतार, मेलसिया र अमेरिका जान हिँडेका १५ जनालाई रोकेको छ। तीमध्ये एक जना भारतीय र एक जना बंगलादेशी नागरिक रहेको अध्यागमन कार्यालयले जनाएको छ।

 

भारतीय नागरिक आयुष गिनोडिया र बं‌गलादेशी नागरिक भुइयानले अति आवश्यक पर्ने ‘एनओसी लेटर’ नल्याएपछि प्रस्थान अनुमति नदिएको बताइएको छ। त्यस्तै अमेरिका हिँडेका हरपित सिंहलाई समेत अध्यागमन कार्यालयले रोकेको छ। ४०१३६७००६ (टीडी) नम्बरको पासपोर्टबाट अमेरिका हिँडेका हरपितको ट्राभल डकुमेन्ट इन्टरपोल हिट फाउन्डमा देखिएकाले प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयका एक कर्मचारीले जानकारी दिए।

त्यस्तै दुबई हिँडेका महोत्तरीका राकेश कुमार चौधरी र ऋषिका चौधरी, बाँकेकी काजल जैसवाल, काठमाडौंका बाबुराम श्रेष्ठ, प्युठानका कृष्ण योगी, भोजपुरका ‌ओमप्रकाश श्रेष्ठ र दैलेखका सन्तबहादुर थापालाई आवश्यक प्रक्रिया नपुर्‍याएको भन्दै प्रस्थान अनुमति नदिएको हो। त्यस्तै कतार हिँडेका रौतहटका दीपेश साह, अनिशा कुमारी साह र संगीता देवी साह, मेलिसिया हिँडेका युवराज पन्तले पनि आवश्यक काजगात पेश गर्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *