बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध, अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

वासिंगटन । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो ।

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ । रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ । ’
राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीग्लौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *