अमेरिकाले भिषा नदिएपछि भाग्न असफल भए श्रीलंकन राष्ट्रपति

श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका हुन् ।

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षेलाई श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उनि बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन्।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत देश छाडेका हुन् । विमानमा राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।

 

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

उनले सोमबार राति दुबई भाग्ने प्रयास गरेका थिए । तर उनलाई अध्यागमनका अधिकारीहरूले राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । अन्तत उनको दुबई भाग्‍ने प्रयास सफल हुन सकेन ।

हुनत देश छाडेर भाग्‍ने उनको प्रयास यो पहिलो पटक भने होइन् । यसअघि पनि उनले देश छाड्‍ने प्रयास गरेका थिए । देश छाड्‍ने प्रयास गरे पनि उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएन । त्यस्तै अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *