कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोना भाइरस खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमवारदेखि लगाउन पाउने अधिकारीहरूले बताएका छन्। यो साता पहिलो ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले भने। यो खोप कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’ले सुरक्षित ठहर गरेको छ।
अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ । ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको छ, ‘महामारीमा यो महत्त्वपूर्ण प्रगति हो।’
शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने, ‘अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ।’
‘१४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा छ,’ उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए। पर्नाले खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू शत प्रतिशत विश्वस्त रहेको बताए।