अमेरिका, टेक्ससस्थित युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा नेपाली मुलका टीका पौडेल विजयी भएका छन । नेपालीहरुको बसोवास रहेको सो सिटीमा शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बरमा नर्विाचन जितेका हुन । सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम जिम्मेवारी हुन्छ ।
निर्वाचित भएलगत्तै हाम्रो समुदायका मुद्दाहरु सिटीमा उठाउने छु, विजयी भएपछि टीकाले भने । निःशुल्क प्रिस्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने टीकाले बताए । अघिल्लो महिना मे १ मा भएको पहिलो चरणको निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि रनअफ राउण्डमा चुनाव भएको हो । रनअफको प्रावधानअनुसार बढी मत पाउने दुई जनाबीच पुन चुनाव गरिएको हो ।
युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थान हो । युलिस सिटीमा करिब ८ हजार नेपालीको बसोवास रहेको अनुमान छ । तर, नेपाली अमेरिकन मतदाता भने करिब ६ सय थिए । उनलाई डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो । पौडेल अमेरिकामा सिटी काउन्सिलमा निर्वाचित हुने चौथो नेपाली हुन । यस अघि यसैगरी अन्य राज्यहरुबाट किरण सिटौला, प्रदिप ढकाल, सुर्दसन प्याकुरेल निर्वाचित भई सकेका छन ।