‘एनसीएनसी’ को अध्यक्षमा शाक्य

अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डको अध्यक्षमा विकास शाक्य विजयी भएका छन् ।

संस्थाको सन् २०२४—०२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा शाक्यको प्यानलले जीत हासिल गरेको हो । शाक्यले आफ्ना प्रतिस्पर्धी डाक्टर चिरञ्जीवी भट्टराईलाई १ सय ३९ मतान्तरले पछि पार्दै बोर्ड अध्यक्षमा जीत प्राप्त गरे । शाक्यले कुल ४ सय ३६ मत पाउँदा भट्टराईको पक्षमा २सय ९७ मत खसेको थियो

वरिष्ठ उपाध्यक्षमा विजयी ददिन पाण्डेले ४ सय २६ मत हासिल गर्दा उनका प्रतिस्पर्धी कुलानन्द शर्माले २ सय ९९ मत पाए । उपाध्यक्षमा जित प्राप्त गरेका नारायण लुइँटेलले ४ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २ सय ९१ मत ल्याइन् ।

महासचिवमा विजयी कल्पना भण्डारीले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ऋषिराम अधिकारी २ सय ६० मतमा समिति रहे । पाँच सदस्यमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् । निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । सन् १९९९ मा स्थापित एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *