अमेरिकी राष्ट्रपति जो बाईडेनले सत्ता सम्हालेपछि आप्रवासनका थुप्रै विषयलाई परिवर्तन गरेका छन । आप्रवासनलाई वैधानिकता दिने गरी गरिएको सुधारले विश्व समुदायमा एक पटक फेरी ध्यान तानेको छ । अमेरिकी सस्थापकहरुले लिएको नीतिलाई बाईडेनले पुर्नस्थापना गरी रहेका छन । उनको पछिल्लो कदमहरु त्यसैको एक कदम हो ।
अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ । यो बिल पारित भएमा अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिकका विदेशमा रहेका आफन्तहरु ९० दिनसम्म बी थ्री श्रेणीको भिसामा अमेरिका आउन सक्नेछन् ।
रिपब्लिकन सिनेटर र्याण्ड पल र डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले यो बिल सिनेटमा सावैजनिक गरेका हुन् । यो बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सांसद स्कट पिटर्स र रिपब्लिकन सांसद मारिया अल्भिरा सलाजारले पेश गरेका थिए । अस्थायी परिवार भेटघाट ऐन नामको यो बिल दुईदलका सांसदका तर्फबाट पेश गरिएकाले पारित हुने सम्भावना रहेको छ ।
यो बिलले आफन्त भन्नाले दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी, २१ बर्ष नाघेका विवाहित र अविवाहित छोराछोरी, नातिनातिनी, बुबाआमा, हजुरबा हजुरआमा, दाजुभाई दिदीबहिनी, काकाकाकी, भतिजा, भतिजी, भान्जाभान्जी लगायत पर्छन् । बिल पारित भएमा उनीहरु बी थ्री भिसामा अमेरिकामा रहेका नागरिक वा ग्रिनकार्डवाहक आफन्तलाई भेट्न आउनसक्नेछन् ।
अहिलेसम्म बी थ्री भिजिटर भिसामा अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका आफन्तहरु सक्छन् तर यो भिसामा आउँदा आवेदक अमेरिकामा ओभरस्टे हुनसक्ने वा अमेरिकामा नै बसेर स्वदेश नफर्कने प्रावधानको मूल्यांकन गरिने भएकाले यो भिसामा जारी हुनमा समस्या हुने गरेको छ । जसका कारण अमेरिकामा रहेका नागरिक वा ग्रिनकार्डवाहकका आफन्तलाई भिसा पाउनमा समस्या हुने गरेको छ । जसका कारण बी थ्री भिसा आवश्यक रहेको बिल सार्वजनिक गर्ने सांसदहरुको तर्क छ ।
अमेरिकाको गैर आप्रवासी भिसा पाउनका लागि आवेदकहरुले भिसाको अवधि सकिएपछि अमेरिकामा नबस्ने र स्वदेश फर्कने कुरा विश्वास दिलाउन सक्नुपर्छ । त्यसका लागि स्वेदशमा विभिन्न प्रकारका सम्बन्धहरु स्थापित गर्नुपर्छ । तर बिल पारित भएमा बी थ्री भिसामा आउने आफन्तहरुलाई अमेरिकी ग्रिनकार्डवाहक र नागरिकले स्पोन्सर गर्न सक्नेछन् ।
के हो परिवारमा आधारित ग्रीनकार्ड ?
अमेरिकामा पारिवारिक ग्रिनकार्डको देशीय कोटा ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको छ । इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् ।
त्यो बिलमा रोजगारमा आधारित ग्रिनकार्डको देशीय कोटा हटाउने प्रस्ताव गरिएको छ । ईबी टु र ईबी थ्री श्रेणीको ग्रिनकार्डका लागि ९ बर्षको संक्रमण अवधि प्रदान गर्ने तथा संक्रमण अवधिका लागि ५ दशमलव ७५ प्रतिशत भिसा कन्सुलर प्रकृयाका लागि रिजर्भ राख्ने बिलमा उल्लेख छ ।
नर्स र फिजिकल थेरापिस्टहरुका लागि सुरुको ७ बर्ष ४४ सय ईबी थ्री भिसा रिजर्भ राख्ने समेत बिलमा प्रस्ताव गरिएको छ । यो बिल पारित भएमा कामदार भिसा एचवान बीका लागि समेत नयाँ प्रावधानहरुको व्यवस्था गर्नेछ । आई १४० आवेदन स्वीकृत भइसकेको २ बर्ष भइसकेका रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई भिसा उपलब्ध हुनु अगाडि पनि ग्रिनकार्डका लागि आवेदनदिनसक्ने व्यवस्था समेत बिलमा छ ।