अमेरिकामा कोरोना प्रभावित नेपालीलाई एनसीसीको सहयोग

 

अमेरिकाको क्यालिर्फोनीया राज्यमा रहेको नेपाली संस्था नेपाली सामुदायिक केन्द्र एनसीसीले कोरोनाबाट प्रभावित नेपालीहरुलाई राहत तथा सहयोग प्रदान गरेको छ । कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा रहेका नेपालीहरुलाई साे संस्थाले सहयोग गरेको हो ।

नेपाल तथा अमेरिकामा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको एनसीसीले नर्दन क्यालिर्फोनीया अभियान नै चलाएर कोरोनाबाट प्रभावित नेपालीहरुलाई राहत तथा सहयोग गर्दै आएको नेपाली सामुदायिक केन्द्र एनसीसीका अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिनभयो । “यहाँ कोरोनाका कारण खाना बस्न समस्यामा परेका, भर्खरै नेपालबाट आएका ,सरकारी सुविधा लिन नसक्ने, विधार्थी ,विरामी, वेरोजगार, आफ्नो आवास नभएका तथा कोरोना संक्रमित नेपालीहरुलाई खाद्यान्न लगाायतका सामाग्री वितरण गरिरहेका छौँ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

तपाईहरुको सामुदायिक केन्द्र तपाईहरुकै लागि भन्ने नाराका साथ कसैबाट चन्दा संकलन नगरि पीडित पक्षलाई केहि हद सम्म भएपनि सहयोग पुगोस भन्ने ध्येयले खाधन्न, माक्स , सेनिटाईजर लगायतका सामाग्रहरु वितरण गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जुनसुकै बेला पनि अफ्ठयारोमा परेका नेपालीहरुलाई सहयोग गर्न आफ्नो संस्था तत्पर रहेको पनि श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *