अमेरिकामा नेपाली वैज्ञानिक डा भट्टराईलाई साँढे ६ करोडको अनुसन्धान बृत्ति

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित नर्थ क्यारोलिना एग्रिकल्चल एण्ड टेक्निकल स्टेट यूनिभसिर्टीका उपप्राध्यापक डा। नारायण भट्टराईले झण्डै नेपाली रुपैयाँ ६ करोड ६० लाख बराबर अर्थात पाँच सय पचास हजार डलरको अनुसन्धान बृत्ति प्राप्त गरेका छन्। अमेरिकाको विविध वैज्ञानिक अनुसन्धान गर्ने संस्था नेसनल साईन्स फाउण्डेसनले तीन वर्ष अनुसन्धान गर्नका लागि सो रकम उपलब्ध गराएको हो।

डा। भट्टराईले आफूले प्राप्त गरेको सो ग्राण्टका लागि अनुसन्धान सुरु गरेको एक महिना भएको नागरिकन्यूजसंग बताए। आफूले अमेरिकामा पाएको यो उच्चस्तरको अनुसन्धानबाट निकै उत्साहि भएको र आफूले गरेको कामको उच्च मूल्यांकन भएकोमा खुसी व्यक्त गरे।

विगत १० वर्षदेखि नर्थ क्यालिनाको ग्रीन्सबोरो बस्दै आएका डा भट्टराईले मानिसहरुको सर्जरी गर्दा प्रयोग हुने शरीरमा मिल्ने खालको धागोको असरबाट कम गर्नका लागि अनुसन्धान गर्ने छन्। मानिसको शरीरमा अप्रेसन गर्दा सिलाउनका लागि९बायो मेडिकल मेटेरियल्स० प्लाष्टिकको धागो प्रयोग हुन्छ र घाउ निको हुँदै गएपछि त्यो धागो निकाल्नु पर्दैन आफै मासुमा मिल्छ। त्यो धागो तत्काल मासुमा मिले पनि पछि बिस्तारै असर गर्दै जान्छ भन्ने विषयमा तीन वर्ष अनुसन्धान गरी नयाँ तथ्य पत्ता लाउनेछन्।

डा। भट्टराईले पत्ता लगाउने नयाँ अनुसन्धानबाट त्यसरी प्रयोग हुने धागोबाट ईम्यून रियाक्सन कम निष्कर्ष निकाल्नेछ। डा भट्टराईले पाएको सो अनुसन्धानवृत्ति अमेरिकामा विभिन्न नयाँ खोज अनुसन्धान गर्ने वैज्ञानिक तथा डाक्टरहरुले प्राप्त गर्दछन्।

यसअघि पनि डा। भट्टराईले यस्ता विभिन्न अनुसन्धान गरी सकेका छन्। नेपालको त्रिभुवन विश्वविधालयबाट क्यामेष्ट्रिमा मास्टर अध्ययन गरेर अमेरिका आएका डाक्टर भट्टराईको नर्थ क्यारोलिनामा विभिन्न अनुसन्धान गर्ने आफ्नै भट्टराई रिसर्च ग्रुप सक्रिय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *