अमेरिकामा नेपालीहरूको निधनप्रति काॅग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त

 नेपाली कॉग्रेसका सभापति शेरबहादुर देउवाले न्युयोर्कमा नेपाली समाजमा घटेको दुखद घटनामा दुस्ख व्यक्त गरेका छन । कोरोना भाईरस संक्रमणका कारण विश्व नै आक्रान्त भएको समयमा न्युयोर्कमा चार जना नेपालीले ज्यान गुमाएका छन् । अघिल्लो साता कोरोना संक्रमणका कारण अनिल लिम्बुको निधन भएको थियो । त्यस पछि अन्य तीन जनाले अकाल मृत्युवरण गरेका छन् । थोक्मे बिष्ट, सोनाम लामा र अजच छोचुङको अन्य रोगका कारण निधन भएको जनाईएको । सभापति देउवाले कॉग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आन्नद विष्टसॅगको टेलिफोनकुराकानिमा दुस्ख व्यक्त गरेका हुन् ।

बिष्टले भने,”आज बिहान मलाई फोन गरेर सभापति देउवाले एकै दिन यसरी नेपाली दाजुभाईको निधनको खबरले आफु स्तब्ध भएको भन्दै दिवंगत व्यक्तिहरुप्रति श्रद्धान्जली अर्पण गर्दछु भन्नुभएको हामीलाई बताए । ” विष्टका अनुसार सभापति देउवाले शोक सन्तप्त परिवारजन र सम्पूर्ण नेपाली समुदायप्रति समवेदना समेत व्यक्त गरेका छन् ।“जनसम्पर्क समिति अमेरिका मार्फत म यस शोक र दुस्खको घडीमा सबैलाई धैर्य गर्न आग्रह गर्दछु । विश्वभर फैलिएको महामारीबाटबँच्न,आफु र आफ्नो परिवार सुरक्षित राख्न आवश्यक पूर्व सतर्कता र सचेतता अपनाउदै यो बेला घरभित्रै बस्नुको विकल्प छैन ।”

Leave a Reply

Your email address will not be published.