अमेरिकामा दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

होमप्रसाद लम्साल
अमेरिका, अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक चार वर्षीय बालक र सवारी चालक घाइते गंभीर भएको समाचार छ । घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिजौरीको स्थानीय समय अनुसार मंगलवार करीब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो । श्रद्धाका बुवा गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो ।

 


स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा गंभीर घाइते भएका छन् । घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभफोर गाडी हाइवेमा दुर्घटना भएको हो । ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो । दुर्घटनाकोबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको थियो । मृतकका आफन्तका अन’सार सन्् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएका थिए । श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *