अमेरिकामा दुताबासको रकम कसरी लुटियो ?

अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले कन्सुलर सेवाबाट जम्मा भएको रकम लुटपाट भएको जनाएको छ ।
त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट संकलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो।

दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कवापत बुझाएको मनी अर्डर र क्यासियर चेकसहित दूतावासका कर्मचारीहरू २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङटन डिसीतर्फ गइरहेका थिए। त्यसक्रममा बिहीबार दिउँसो १२ बजे पार्किङमा राखिएको दूतावासको सवारीसाधन तोडफोड गरी लुटिएको हो। समाचार श्रोतका अनुसार लुटिएको रकमको विषयमा कमएचारीको संलग्नाता हुनसक्ने आशंका गरिएको छ ।

उक्त घटनापछि तत्काल ‘ह्युस्टन पुलिस डिपार्टमेन्ट’ तथा ‘डिप्लोमेटिक सेक्युरिटी डिभिजन’ लगायतका सुरक्षा निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको दूतावासले जनाएको छ।

सेवाग्राहीको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यो घटनाको अनुसन्धान गरी लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्न दूतावासले अपिल गरेको छ। त्यस्तै त्यसरी लुटिएका मनी अर्डर र क्यासियर चेक रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ।

‘कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेस गर्नुभएको मनी अर्डर वा क्यासियर चेक यदि रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती रद्द गर्न अनुरोध छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *