अमेरिकामा दुई करोड नागरिकको कोरोना परीक्षण

विश्वव्यापी कोभिड–१९ महामारीको परीक्षण गराउनेको संख्या अमेरिकामा दुई करोड नाघेको छ। दैनिक अहिले पनि २० हजार बढीमा संक्रमण देखिदै आएको अमेरिकामा परीक्षण दर पनि उत्तिकै ठूलो संख्यामा भइरहेको छ।

अमेरिकामा शनिबारसम्म दुई करोड दुई लाखले कोरोना परीक्षण गराएका छन्। अर्थात्, अन्य कुनै पनि देश भन्दा अमेरिकामा दोब्बर बढीले परीक्षण गराएका छन्।

अमेरिका परीक्षण गराउने, संक्रमण देखिने, मृत्यु हुने र बिरामी निको हुने देशमा पहिलो स्थानमा छ। १९ लाखमा संक्रमण देखिएको छ भने सात लाख बिरामी निको भएर घर फर्किएका छन्। एक लाख बढीको अमेरिकामा मृत्यु भएको छ।

बढी परीक्षण गराउने देशमा रुस दोस्रो स्थानमा छ। रुसमा एक करोड २० लाख मानिसको परीक्षण भएको छ। दोस्रो धेरै संक्रमित देखिएको ब्राजिलमा भने ९ लाखको मात्रै परीक्षण गरिएको छ।

स्पेनमा ४० लाख, यूकेमा ५२ लाख र दक्षिणी छिमेकी मुलुक भारतमा ४५ लाखमा परीक्षण गरिएको छ। भारतमा इटाली भन्दा धेरै संख्यामा संक्रमण पुष्टि भइसकेको छ। बढी संक्रमण देखिने छैटौं मुलुक बनेको भारतमा दुई लाख ३६ हजारमा संक्रमण पुष्टि भएको छ भने ६६ सयको मृत्यु भएको छ।

एसियाली मुलुकमा सबैभन्दा बढी प्रभावित हुने मुलुक समेत भारत बनेको छ। २९१२ जनामा संक्रमण पुष्टि भएको नेपालमा भने ८८ हजार ३६६ जनाको पीसीआर एक लाख ३२ हजार ९६६ जनाको आरडीटी परीक्षण गरिएको छ।

नेपाल विश्वका बढी संक्रमित हुने मुुलुकको ८४औं स्थानमा उक्लिसकेको छ। गएको ९ माघदेखि संक्रमण देखिएको नेपालमा ११ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *