अमेरिकामा घातक आँधी, कम्तीमा ५० को मृत्यु

वासिङटन — अमेरिकाको केन्टकीसहित अरु केही राज्यहरू आएको घातक आँधीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ । शुक्रबार रातभर र शनिबार पनि आएको आँधीले ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

 

इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किँदा थुप्रै मानिस च्यापिएको आकलन गरिएको छ । यस घटनामा कम्तीमा ५० जना मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

‘मलाई डर लागिरहेको छ कि त्यहाँ ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । सम्भवत ७० देखि १० जनासम्म मृत्यु भएको हुनसक्छ,’ केन्टकी राज्यका गभर्नर एन्डी बेसेरले बताएका छन् ।

आँधीको अत्याधीक क्षतिपछि बेसेरले उक्त राज्यमा आपतकाल घोषणा गरेका छन् । तीव्र गतिमा आएको आँधीलाई यस क्षेत्रमा आएको सबैभन्दा खतरनाक भएको बताइएको छ । साथै केन्टकीको इतिहासमै सबैभन्दा गम्भीर आँधी आएको बताइएको छ ।

आँधीका कारण केन्टकी राज्यको पश्चिमी क्षेत्र बढी प्रभावित बनेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई अकल्पनीय त्रासदी भन्दै प्रतिक्रिया दिएका छन् । राष्ट्रपति बाइडेनले यस घटनामा आफन्त गुमाउनेहरूलाई धैर्य धारणका लागि आग्रह गरेका छन् । साथै पीडितहरूलाई राहत उपलब्ध गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.