अमेरिकामा कोरोनाको भ्याक्सिन नोभेम्बर १ बाट वितरण गरिने

अमेरिकनले कोरोनाबिरुद्धको  नोभेम्बरको पहिलो साता नै भ्याक्सिन वितरणका लागि तयार रहन भनेको छ ।

अहिले तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका मोडेर्ना, फाइजर र आष्ट्राजेनेकामध्ये कम्तीमा एउटा भ्याक्सिन यो बर्षको अन्त्यसम्ममा वा त्यो भन्दा अगाडि तयार हुने अमेरिकी स्वास्थ्य अधिकारीहरुले अपेक्षा गरेका छन् । फाइजरका सीईओ अल्बर्ट बोउर्लाले अन्तिम चरणको क्लीनिकल परीक्षणको नतिजा छिटोमा अक्टोबरमा आउने बताएका छन् ।

भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षणपछि अमेरिकाको खाद्य तथा औषधी नियामक निकाय एफडीएबाट स्वीकृत प्राप्त गर्न जरुरी हुन्छ । एफडीएले सुरुमा आपतकालिन प्रयोगको अनुमति दिने अपेक्षा गरिएको छ । हरेकले दुईवटा डोजहरु लगाउनुपर्ने भएकाले राज्यहरुले वितरणको व्यवस्था मिलाउनमा चुनौतीको सामना गर्नसक्ने जनाइएको छ ।

सीडीसीले अहिले मेडिकल आपूर्ति कम्पनी म्याक्केसनलाई स्वीकृतिको प्रकृया तीब्र पार्न भनेको छ । जसबाट नोभेम्बर १ सम्म अमेरिकाभर कोरोना भाइरस भ्याक्सिन केन्द्रहरु सेटअप गर्न सकियोस् । सीडीसीले राज्यहरुलाई भ्याक्सिन केन्द्रका लागि केही लाइसेन्स र स्वीकृतिका मापदण्डमा छुट दिन भनेको छ ।

यद्यपी सबै सर्वसाधारणहरुले नोभेम्बरमा नै भ्याक्सिन प्राप्त गर्नेजस्तो नदेखिएको तर असम्भव भने नरहेको डाक्टर मोन्सेफ सलाउनीले बताएका छन् । उनले अहिले ट्रम्प प्रशासनको अपरेशन वार स्पीडको नेतृत्व गरिहेका छन् । उनले बढी जोखिममा रहेकाहरुका लागि यो बर्षको अन्त्यसम्ममा भ्याक्सिन उपलब्ध हुने बताएका छन्, जसमा ७० बर्षभन्दा माथिका र फ्रन्टलाइनमा खट्नेहरु हुनेछन् ।

पूर्व एफडीए कमिश्नरले पनि अमेरिकाका लागि कोरोनाबिरुद्धको भ्याक्सिन सन् २०२१ को परिघटना हुने बताएका छन् । मंगलबार नेशनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ र मेडिसिनले भ्याक्सिन वितरणको प्रस्तावबारेको एउटा ड्राफ्ट सार्वजनिक गरेको छ ।

भ्याक्सिन चार चरणमा वितरण गरिने जनाइएको छ । जसमध्ये पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, बृद्धबृद्धाहरु र पहिले नै स्वास्थ्य समस्या भएकाहरु पर्नेछन् । दोश्रो चरणमा अत्यावश्यक कामदारहरु, शिक्षकहरु, होमलेस सेल्टरमा रहनेहरु, जेलमा रहनेहरु हुनेछन् । तेश्रो चरणमा बालबालिकाहरुलाई र चौथो चरणमा बयस्कहरुलाई प्रदान गरिनेछ ।

पढ्न छुटाउनुभयो कि ?   अमेरिकी राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने अभियानमा न्युयोर्कका नवराज

सीडीसीले १७ देखि २० मिलियन स्वास्थ्यकर्मीहरु अमेरिकामा रहेको अनुमान गरेको छ । अमेरिकाले यो बर्षको अन्त्यसम्म प्राप्त गर्ने भ्याक्सिनको अधिकांश डोज स्वास्थ्यकर्मीहरुलाई लगाउनमा नै खर्च हुने अनुमान गरिएको छ । यो बर्षको अन्त्यसम्ममा झण्डै २५ मिलियनले भ्याक्सिन प्राप्तगर्नसक्ने विज्ञहरुले बताएका छन् । सबै अमेरिकनहरुले भ्याक्सिन प्राप्त गर्नभने सन् २०२१ को मध्यसम्म लाग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *