अमेरिकामा कोभिड-१९ को खोप वितरण गर्न सेना परिचालन गरिँदै

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको खोप उपलब्ध भएपछि वितरण गर्न सेनालाई परिचालन गरिने बताएका छन् ।

२०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् । ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’ फक्स न्युजका लागि अन्तर्वार्तामा ट्रम्पले भने ।

२०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने ट्रम्पको विश्वास छ । र यसको वितरण अमेरिकाले गर्ने उनको भनाइ छ । ह्वाइट हाउसले ३०० मिलियन खोप पहिलो चरणमा तयार गर्ने लक्ष्य बनाएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *