अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको छ ।

शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६१६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख १० हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४७ हजार ५१३ जनामध्ये १५ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *