अमेरिकामा आगामी दुई साता मृत्यूदर उच्च हुने ट्रम्पको दावी

न्युयोर्क सिटीमा सामाजिक दुरी कायम नगर्नेहरुलाई ५ सय डलर जरिवाना गरिने भएको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सामाजिक दुरी कायम गर्न नमान्नेहरुलाई ५ सय डलर जरिवाना गरिने बताएका छन् ।

जरिवानाको रकम २५० डलरदेखि ५ सय डलरसम्म हुने बताइएको छ । मेयरले भनेका छन् तपाईहरुलाई बारम्बार चेतावनी दिइएको छ । यदि कसैले सुन्दैन भने त्यो व्यक्ति जरिवानाको भागिदार हुनेछ ।

मेयर ब्लाजिओले सिटीका पार्कहरु र खेलमैदानहरु भने खुला नै राख्ने बताएका छन् । न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दुरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्बाउने घोषणा गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका छन् ।

आगामी दुईसाता मृत्युदर उच्च हुने र त्यसपछि जुन १ सम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पले बताएका छन् । जुन १ सम्म धेरै राम्रा कामहरु हुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *