अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या गत महिना अर्थात् मे मा पनि उच्च रहेको छ । मे महिनामा मात्र २७७३ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । चालु आर्थिक बर्ष २०२३ को ८ महिनामा २० हजार ३९३ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जुन आर्थिक बर्ष २०२२ को पूरै बर्षमा जारी गरिएको भिजिटर भिसा संख्या भन्दा पनि धेरै हो ।
गत अक्टोबरदेखि अप्रिलसम्ममात्र १७ हजार ६ सय २० जना नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । जबकी गत आर्थिक बर्ष २०२२ मा १८ हजार २१० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।
चालु आर्थिक बर्षको पहिलो महिना गत अक्टोबरमा १६६१ जना, नोभेम्बरमा २४४६ जना, डिसेम्बरमा २३४४ जना, जनवरीमा २८८३ जना, फरबरीमा २७८७ जना, मार्चमा ३११० जना, अप्रिलमा २३८९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।
कोरोना महामारीका कारण आर्थिक बर्ष २०२१ मा जम्मा ७ हजार १ सय १३ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । त्यस्तै आर्थिक बर्ष २०२० मा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या ७ हजार ७ सय ३७ थियो ।