अमेरिकाको न्युयोर्क सिटीमा भएको दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन्।
आइतबार भएको सडक दुर्घटनामा कास्की हेम्जाका ३२ वर्षीय मनोज थापाको निधन भएको हो। थापा उबर चालक हुन्।
न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुसार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएको थियो।
प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीले ठक्कर दिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रहरीसँगै आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए। थापालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो।
उनको मृत्युबारे परिवारलाई खबर गरिसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाको छ।