अमेरिकाको कोलोराडोमा नेपालीको गोली हानी हत्या

अमेरिकाको कोलोराडोमा बिहिबार राती एकजना अश्वेत बन्दुधकारीले ५३ बर्षीय नेपाली भेषराज लामिछानेलाई गोली हानेर हत्या गरेको छ । हत्यमा संलग्न एक जना काला जातीका व्यक्ति पक्राउ परेको समाचार छ ।एक स्टोरका सन्चालक समेत रहेका स्व। भेषराज लामिछाने । नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए।

ह्वीटरिज कोलोराडोको कन्भिनियन्स स्टोरमा पुग्दा प्रहरीले भेषराज लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो ।

सदीग्धले लामिछानेलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो । भिडियोमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो । लामिछाने उक्त स्टोरका संचाल शुक्रबार विहान इन्डियानामा प्रहरीका अधिकारी टु्रपर फुल्टनले विहान १० बजेर २३ मिनेटतिर आई ६४ हाइवेनेर गस्ती गरिरहेका थिए । त्यतीबेला उनले खैरो रंगको २०१५ को निशान गाडी प्रतिघण्टा ८६ माइलको गतिमा हुइकिरहेको देखे ।

ओभर स्पीड भएका रण  फुल्टनले उक्त गाडी रोक्ने प्रयास गरेका थिए । उनलाई त्यसमा कोलोराडो हत्यामा संलग्न व्यक्ति भएको थाहा थिएन । तर चालकले उक्त गाडीको गति अझ तीब्र बनाएर पूर्वी भागतिर हुइकाएको थियो । त्यसपछि एसआर १६५ उत्तरतिर र सीआर १००० दक्षिणतिर गाडी हुइकाएको थियो । त्यतीबेला गाडीको गति प्रतिघण्टा ९० माइल रहेको थियो ।

त्यसपछि गाडी अनियन्त्रित हुन पुगेको थियो । गाडीले दक्षिणतिरबा बाटो छाडेको थियो । गाडी धेरैपटक पल्टा खाएपछि एउटा खुला चौरमा आएर रोकिएको थियो । चालक घाइते भएको थिएन भने हिराशतमा लिइएको थियो

इन्डियाना राज्यप्रहरीले पछिमात्र उक्त व्यक्ति २६ बर्षीय शावनाथन डिएन्जेलो चान्स रहेको र कोलोराडोमा हत्याको संदीग्ध भएको थाहा पाएको जनाएको छ । आक्रमणकारी नर्थ क्यारोलिनाको भएको जनाइएको छ । इन्डियाना प्रहरीलाई प्राप्त जानकारी अनुशार संदीग्धलाई पक्राउ गरेर पोसे काउन्टी जेलमा राखिएको थियो ।

कोलोराडोका अधिकारीहरुलाई हस्तान्तरण गर्नु अगाडि उसलाई विना जमानत उक्त काउन्टी जेलमा राखिएको थियो । सुरुमा संदीग्ध शावनाथन डिएन्जेलो चान्सलाई ४ अभियोगहरु लगाइएको छ । कोलोराडोमा हत्या, इन्डियानामा प्रहरी अधिकारीको प्रतिरोध, गाडी चोरी र लापरवाही ड्राइभिङको अभियोग लगाइएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *