अमरेरिकामा शनिवार राति पावरबल ज्याकपोट कसैलाई परेन,अब सोमवारका लागि १.९ बिलियन पुग्यो

विश्वमा सर्वाधिक ठूलो धनरासी लोटरीको कीर्तिमान बनाएको अमेरिकाको पावरबल चिट्टा शनिवार राति कसैले जित्न सकेनन्।

अब सोमवार राति हुने ड्रका लागि पुरस्कार रासी बढेर १.९ बिलियन अमेरिकी डलर पुगेको छ। यो विश्व कीर्तिमानी पुरस्कार रकम हो। यस अगाडी १.६ बिलियन अमेरिकी डलर पुरस्कार रहेको पावरबल शनिवार रातिको ड्र गरिएको थियो । सो ड्रमा सेतो नम्वरमा 28, 45, 53, 56, 69 र रातो पावरबल 20 नम्वर निस्किएको थियो।

क्यालिफोर्निया लोटरी एसोसिएशनको वेबसाइटले अहिले सम्म कसैले पनि आफुले जितेको दावी नगरेको जनाएको छ। ‘कसैको लागि भाग्यशाली हुने अर्को मौका सोमबार हुनेछ।’ वेबसाइडमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *