अब सुन तस्करीको अनुसन्धान सिआइबीले गर्ने, राजस्व अनुसन्धान विभागले लगायो जिम्मा

काठमाडौं । अब सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान व्युराे (सिआइबी)ले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले अर्बको सुन प्रकरणबारे अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने भएको हो । विभागले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सुन प्रकरणमा पक्राउ परेका व्यक्ति, सामान र अन्य सामाग्री प्रहरीलाई हस्तान्तरण गरिने बताएको छ ।

१८ दिनअघि मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सारबाट करिव १ क्विन्टल सुन बाहिरिएको थियो । लगत्तै राजस्व अनुसन्धान विभागले उक्त सुन आफ्नो कब्जामा लिन सफल भएको थियो । हालसम्म विभागले अनुसन्धान गरिरहेको उक्त प्रकरण अब प्रहरीको हातमा पुग्ने भएको हो ।

गएको साउन ७ गते भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र सरोज श्रेष्ठसहित भन्सार एजेन्ट सुदर्शन गौतम, यादव पराजुली र रुक्मिना थापालाई नियन्त्रणमा लिइएको थियो।

विभागले भारतीय नागरिक थुप्तेन छिरिङ, चिनिया नागरिक जेक्युयाङ लीन, बेल्जियम नागरिक दाबा छिरिङ सहित १८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रेडी ट्रेडर्सका संचालक दिलीप भुजेल, रामकुमार भुजेल, सुन बरामद भएको ट्याक्सीका चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, पुस्कराज भट्ट, हर्कराज राई र राजन श्रेष्ठ रहेका छन्। अब उनिहरु सबै सिआइबीको नियन्त्रणमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *