अन्तत पुराभयो घलेको सस्था फुटाउने योजना, अचनो बने कुल आचार्य

आफ्नो श्रीमति चुनाव हारेपछि सस्थाप्रति अनास्था गर्दै आएका एनआरएनका पुर्व अध्यक्ष शेष घलले सस्था फुटाएर पिएनओ खोल्ने तयारी अन्तिममा पुगेको उनि निकटहरुले बताएका छन । घलेले उपयूक्त समय खोजिरहेका बेला त्यसका लागि प्रयोग भएका छन काँग्रेसको आवरणमा कुल आचार्य ।

पिपुल अफ नेपाली ओरिजिन (पीएनओ), गैरआवासीय नेपाली संघ  (एनआरएनए) का निवर्तमान प्रमुख संरक्षक तथा गत दुई कार्यकालका अध्यक्ष शेष घलेले इच्छाएको संस्था हो । एनआरएनए फुटाएर घलेले निर्माण गर्न चाहेको समानान्तर संस्था हो यो।

घले एनआरएनएको (२०१३-२०१५ र २०१५-२०१७) दुई कार्यकालका अध्यक्ष हुन् । आफ्नो चार बर्षे कार्यकाल अत्यन्त निरंकुश तरिकाले चलाएका घले श्रीमती जमुना घले (२०१७-२०१९) लाई अध्यक्ष बनाएर संस्था कब्जा गर्न चाहन्थे । श्रीमती घले भवन भट्टसँग नराम्ररी पराजीत भए पश्चात नै घलेले पीएनओ खोल्ने योजना बनाएका हुन् । तर, अन्तर्राष्ट्रिय माहोल घलेको पक्षमा बनेन । घलेकै निकटहरुले पनि पीएनओ खोल्ने कुरामा साथ दिएनन् ।

घलेको कार्यशैलीलाई लिएर त्यतिबेलै संस्थामा ब्यापक असन्तुष्टि चुलिएको थियो । तर, सार्वजनिक रुपमा कसैले मुख खोलेनन् । तत्कालीन महासचिव बद्रि केसीसँगको उनको सम्बन्ध पनि तनावपूर्ण नै बित्यो । संस्थापकद्वय उपेन्द्र महतो र जीवा लामिछानेसँगको उनको इगोले त चरम रुप नै लियो । यो अवधिमा उनी ‘महतो र लामिछानेको प्रभावमुक्त संस्था’ अभियानमा लागे । अन्ततः यही इगो र महत्वाकांक्षाले एनआरएनए फुट्ने निश्चित जस्तै भयो ।

घलेले पीएनओमा नेपाली मूलका बिदेशी नागरिक मात्र संगठित गर्ने योजना बनाए । खाडी र मलेसियामा कार्यरत लाखौं श्रमिकहरुलाई एनआरएनमा जोड्दा आफ्नो स्वार्थ पूरा नहुने बुझेर नै घलेले पीएनओको अवधारणा ल्याएका हुन् । मजदूर बर्ग भन्दा पनि सुकिलामुकिला धनी नेपाली क्लब खोल्ने आफ्नो योजनालाई साकार पार्न यसपालिको एनआरएन निर्वाचनलाई घलेले प्रयोग गरेका छन् । घलेका योजनालाई नेपालका दलहरुले समेत जानी नजानी मलजल गरेका छन् ।

घलेलाई खाडीका मजदूरहरुप्रति यति बिघ्न घृणा केले पैदा गर्‍यो ? पीएनओको नाममा एनआरएनमा किन आतंक मच्चाउदैछन् ? नेपालका दलहरुको एनआरएनलाई जनबर्गीय संगठन बनाउने र कब्जा गर्ने रणनीति बुझेर नै घलेले यो कदम अगाडि बढाएका त होइनन् ?

एनआरएनमा ७० प्रतिशत भन्दा बढी नेपाली काँग्रेस निकटहरुको बाहुल्यता छ भने त्यसपछि क्रमश : एमाले, माओबादी, जसपा र एकीकृत समाजवादी निकट छन् । पार्टी-पार्टीबीचको मतभेदमा खेलेर संस्था कब्जा गर्न नसकेपछि घले संस्था नै ध्वस्त पार्ने खेलमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *